images
images

बुहारीलाई बलात्कार गरी सासूको हत्या गर्ने व्यक्ति १ वर्षपछि पक्राउ

लहान– एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको भगवानपुरस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको गस्ती टोलीले बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा फरार सिरहाको भगवान्पुर गाउँपालिका–३ निवासी ३८ वर्षीय अजयकुमार यादवलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिररहेको अवस्थामा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विसं २०७५ कात्तिक ३० गते रातिको समयमा घरमा कोही नभएको मौका छोपी छिमेकी ३८ वर्षीय महिलालाई बलात्कार गरी ती महिलाकी ६८ वर्षीया सासूको हत्या गरेको यादवमाथि आरोप ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।