काठमाडौँ – सिंहदरबार पश्चिम मूल ढोका अगाडी आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
गलत दिशाबाट आइरहेको सङ्घीय संसद् सचिवालयको सरकारी नं. प्लेटको प्रदेश ३-०१, ००२ झ, ४८७९ नं. स्कार्पियो गाडीले प्रदेश ३-०२, ००२ प, ९८७० नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महोत्तरीका २२ वर्षीय सलन बराल गम्भीर घाइते भएकाे ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ ।
घाइते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रभागका प्रहरी जवान आचार्यले जानकारी दिए । सो गाडी संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गरेका महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रहरी जवान हेमन्त आचार्यले जानकारी दिए ।