images
images

आज अन्तराष्ट्रिय मानवअधिकार दिवस

काठमाडौं -आज अन्तराष्ट्रिय मानव अधिकार दिवस , दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । मानवअधिकार दिवसलाई नै महत्व दिएर प्रधानमन्त्री के.पि.शर्मा ओलीले स्वागत समारोहको आयोजना गर्नुभएको छ ।स्वागत समारोह दिउसो पौने चार बजे ग्यालरी हलको अगाडि, सिंहदरबारमा आयोजना गरिएको हो ।

त्यसैगरी गैरसरकारी संस्था महासंघ नेपालले ७१ओै विश्व मानव अधिकार दिवसको अवसरमा विहान बृहत् ¥यालीको आयोजना गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि मानव अधिकार दिवसको अबसरमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम दिउसो पौने दुई बजे आयोगको प्राङ्गण, हरिहरभवन, ललितपुर हुने आयोगले जनाएको छ ।