images
images

इरान अमेरिकासँग कैदी आदान-प्रदान गर्न तयार

एजेन्सी – इरानले अमेरिकासँग कैदी आदान-प्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ। इरानले कैदी साटा-साट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गरे। उनले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिएका छन्।

सन् २०१६ देखि इरानमा रहेका चिनियाँ मुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो। ‘यो अहिले एउटा मात्रै साटासाट हो।

अरु पनि साटासाट गर्न हामी तयार छौँ,’ एक जना प्रवक्ता अलि राबैयाले भने। ‘कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,’ उनले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भने।