images
images

भ्रष्टाचार नियन्त्रण बोलीमा भन्दा व्यवहारबाटै गरौं : मुख्यमन्त्री त्रिलोचन भट्ट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राजनीतिक नेतृत्व र प्रशासनिक निकायले नैतिकवान भैदिए भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए। सोमबार भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम कार्यालयले महेन्द्रनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले सबैले भ्रष्टाचारको बिरोध गरे पनि भ्रष्टाचारमा कमी नआएको बताए।

उनले भ्रष्टाचार नियन्त्रण गर्न बोलीमा होइन व्यवहार मै यसको रोकथाम गर्न जरुरी रहेको बताए।  मुख्यमन्त्री भट्टले भ्रष्टाचार अख्तियारको पहल कदमी र सक्रियतामा मात्रै रोक्न नसकिने बताए। उनले भने, ‘यसका लागि सबैले इमान्दार र नैतिकवान बन्नु जरुरी छ।’ ‘सार्वजनिक पदमा बसेका व्यक्तिले जबसम्म आफ्नो वास्तविक सम्पति भन्न समेत आनाकानी गर्छ।

त्यहाँ भ्रष्टाचार को गन्ध आउँछ’ उनले भने। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताए।