images
images

महोत्तरीबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ

काठमाडौं – प्रहरीले महोत्तरीबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौशाला नगरपालिका ६ फुल्काहा बस्ने ३२ वर्षीय राकेश कुमार यादव रहेका छन्।

महोत्तरीको औरही नगरपालिका(३ श्रीपुर खोलाबाट १ थान नलकटुवा पेस्तोल, युएस लेखिएको १ थान अटोमेटिक पेस्तोल, १ थान म्याग्जिन तथा ४ राउण्ड गोलीसहित यादवलाई प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उक्त हतियारसहित उनलाई सोमबार बिहान पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।