काठमाडौं – प्रहरीले महोत्तरीबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौशाला नगरपालिका ६ फुल्काहा बस्ने ३२ वर्षीय राकेश कुमार यादव रहेका छन्।
महोत्तरीको औरही नगरपालिका(३ श्रीपुर खोलाबाट १ थान नलकटुवा पेस्तोल, युएस लेखिएको १ थान अटोमेटिक पेस्तोल, १ थान म्याग्जिन तथा ४ राउण्ड गोलीसहित यादवलाई प्रहरीले पक्राउ गरेको हो।
अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उक्त हतियारसहित उनलाई सोमबार बिहान पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


जनता भ्वाइस 







