हेटौँडा – प्रदेश नं ३ सरकारले प्रदेशभित्रका १३औँ दक्षिण एशियाली खेलकूद साग का विजेतालाई नगद पुरस्कार दिने निर्णय गरेको छ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी प्रोत्साहनका लागि भन्दै यस्तो निर्णय गरेको हो।
बैठकले जारी सागका प्रदेश नं ३ भित्रका पदक विजेता खेलाडीलाई स्वर्णपदक विजेतालाई रु एक लाख, रजतपदक विजेतालाई रु ५० हजार र कास्यपदक विजेतालाई रु २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए।


जनता भ्वाइस 







