images
images

होमस्टेमा आगलागी २६ लाख बराबरको क्षति

इलाम – इलामको घरवास होमस्टेमा आज दिउँसो आगलागी भएको छ। विद्युत् सर्ट भएर आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

सूर्योदय नगरपालिका– ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो।
आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ।

आगलागीबाट चार तोला सुन, पाँच लाख नगद, लत्ताकपडा, भाडा वर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएका बताइएको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईका अनुसार काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको थियो। आगलागी स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएका छन्।