काठमाडौं – ज्यान मार्ने उद्योगमा मुद्धा लागेर फरार रहेकालाई धादिङ प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ गैरागाउँ बस्ने ४० वर्षीय वेगबहादुर तामाङ रहेका छन् । उनलाई आइतबार पक्राउ गरिएको हो ।
धादिङ अदालतबाट २०५६ साल मंसिरमा ९ बर्ष ११ महिना ८ दिन कैद ठहरी फैसला गरिएकोमा उनी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङले संचालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पक्राउ गर्न सफल भएको हो ।