images
images

कपिलवस्तुको बोडगाउँ चोक नजिकै कार दुर्घटना, प्रवन्धकको ज्यान गयो

कपिलवस्तु – सोमवार विहान भएको कार दुर्घटनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घटनामा परि  बैंकका बनगाई शाखा प्रबन्धकको ज्यान गएको हो ।

बा६ च ६३९० नम्बरको कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ बजेतिर दुर्घटनाबारे जानकारी पाएको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ ।