images
images

उपत्यकामा मंगलबार जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्ने

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्ने भएका छन्। दक्षिण एसियाली खेलकुद (साग)को समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चलाउन पाइने भएको हो।

यो प्रणालीले आधा सवारी साधन कम हुने र ट्राफिक व्यवस्थापन सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिए। त्यस्तै, उनले ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन आग्रह गरे।

साग उद्घाटनको दिन अर्थात १५ गते महानगरीय ट्राफिकले बिजोर नम्बरका सवारीसाधन मात्रै चलाउन लगाएको थियो।सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।