काठमाडौं – आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा एक जना विदेशी नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा अमेरिकी नागरिक राहदानी नं ५६७४७२५३५ वाहक ४० वर्षीय ज्यासन ल्योयड मुडी रहेका छन।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं १०४ बाट पक्राउ गरिएको हो। ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको
उद्दार गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो बाल यौन दुराचारी हुन्। उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद भएको छ।
उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ।