काठमाडौं – अमेरिकन र्यापर जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको सिकागो एयरपोर्टमा विमानबाट अवतरणको क्रममा ह्रदयघातका कारण निधन भएको छ । निजी विमानबाट अवतरण गर्नेक्रममा अचानक ह्रदयघात भएर वेहोस भएका उनको विहान ३ः१४ मा निधन भएको हो।
वल्डको गीत ‘ल्युस ड्रिम्स’२०१८ मा विल्बोर्ड हट १००को टप २ मा पर्न सफल बनेको थियो। यो वर्ष रिलिज भएको उनको एल्बम ‘डेथ रेस फोर लव’ विल्वोर्ड हट २०० को पहिलो स्थानमा पर्न सफल भएको थियो।


जनता भ्वाइस 







