images
images

बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

काठमाडौं – गाडीको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा प्रहरी हवल्दारको मृत्यु भएको छ। गाडीको ठक्करबाट धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठकको ज्यान गएको हो।

आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।