images
images

१३ औं दक्षिण एसियाली खेलकुदमा महिला फुटबलको स्वर्ण भारतले जित्यो

काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपालालई २-0 गोलले हराउँदै भारतले स्वर्ण जितेको हो । स्वर्ण पदकको प्रमुख दाबी गरेको नेपाल रजतमै सीमित रह्यो ।

भारतले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले पछि परेको नेपालले खेलभरी गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन । भारतीय खेलाडीबाला देवीले ५५ औं मिनेटमा अर्को गोल गर्दै गोल अन्तर बढाएकी थिइन । १८ औं मिनेटमा पनि उनैले गोल गरेकी थिइन् ।

यसैविच नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा २-० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।

उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेको बताएका छन् ।

यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १-० गोलले हारेको थियो ।खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो। जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो ।