images
images

सिरहा र कपिलवस्तुको छुटछुटै दुर्घटनामा परि तीनको मृत्यु

काठमाडौं – सिरहको गोलबजार नपा ४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । स ६ प ८०६२ नम्बरको मोटरसाइकल र स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको छ ।

तीब्र गतिको कार सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।