images
images

‘विश्वकै कान्छी प्रधानमन्त्री’ जम्मा ३४ वर्ष मात्र

एजेन्सी – फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछ’, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु।’