काठमाडौं – नायिका तथा मोडल आँचल शर्माले अभिनय गरेका फिल्म भलै सफल भएका छैनन्, तर उनी पछिल्लो समय चर्चामा आइरहने अभिनेत्री हुन् । यी क्युट नायिकालाई म्युजिक भिडियो भने खुबै फापेको छ ।
नायिकाहरुले आफ्नो करिअर डुब्ने डरले आफ्नो प्रेमबारे खुलेर बोल्न चाहँदैनन् । आँचलको नाम पहिलेदेखि पल शाहसँग जोडिँदै आए पनि उनी भने पललाई यो क्षेत्रको मिल्ने साथी भएको बताउने गरेकी थिइन् ।
सामाजिक सञ्जाल हेर्ने हो भने उनले उदिपसँगका तस्वीर निरन्तरजसो अपलोड गर्न थालेकी छिन् । हालै उनले इन्स्टाग्राममा उदिपसँको एक तस्वीर अपलोड गर्दै लेखेकी छिन् – मेरो ह्याप्पी प्लेस । आँचलले अन्य तस्वीर पनि अपलोड गरिरहेकी हुन्छिन् । उनको तस्वीरमा फ्यानहरुले अनेक कमेन्ट गरेका छन् । कतिले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन् – नाइस जोडी ।
केही समय पहिले भने पल शाहलाई धोका दिएको भन्दै आँचलको विरुद्धमा पलका फ्यानहरु खनिएका थिए । आँचलले एक अन्तर्वार्ताका क्रममा आफू उदिपसँग प्रेममा रहेको र पारिवारिक रुपमा पनि दुवै परिवारबीच सहमति भएको बताएकी थिइन् ।
त्यसैले पनि हुनुपर्छ, आँचलले सामाजिक सञ्जालमा उदिपप्रतिको प्रेम पोखेकी छिन् । अब फ्यानहरु पनि यो जोडीको छिट्टै बिहे भएको हेर्न आतुर छन् ।


जनता भ्वाइस 








