काठमाडौं – नेपाल सेनाले निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको काठमाडौं–तराईं-मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को निर्माण २०८१ वैशाखसम्म सकिने बताएको छ । फास्ट ट्र्याकको पछिल्लो कार्यप्रगतिबारे जानकारी दिन आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अबको ४ वर्षमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको हो ।
सेनाले २०७८ जेठबाट सुरुङ निर्माणको काम शुरु गरेर २०८१ वैशाखसम्म सक्ने जनाएको छ । यस्तै, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न ९ वटा कार्यक्रम गर्ने भएको छ । सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा गर्ने जनाएको छ ।
त्यस्तै प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम पनि गर्ने नेपाली सेनाले जनाएको छ । अभियानमा अत्यधिक विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको भिजिट नेपाल २०२० को लियाजो अफिसर महासेनानी सुवास थापाले जानकारी दिनुभयो ।