निगमले आह्वान गरेको टेण्डरपछि ती कम्पनीले प्रस्ताव पेस गरेका हुन् । झापाको चारआलीमा बन्ने ग्यास प्लान्ट सम्भाव्यता अध्ययन गर्न ७ कम्पनीले प्रस्ताव पेश गरेका छन् । चारआलीको प्लान्टका लागि इरान, भारत, चीन लगायतका कम्पनीको प्रस्ताव परेको छ । जनकपुरको प्लान्टका लागि भारत र इरानी कम्पनीको मात्रै प्रस्ताव परेको निगमले जनाएको छ ।
निगमले केही साताभित्रै टुंग्याउने अन्तिम मूल्याकंनपछि चारआली र जनकपुरमा एक–एक कम्पनी छानिने छन् । छानिएका कम्पनीले पूर्वाधारको लागत, अग्निसुरक्षा प्रणाली, माटो परीक्षण, वातावरणीय मूल्यांकन, सबै प्रकारको इन्जिनियरिङ डिजाइनजस्ता विषयमा अध्ययन प्रतिवेदन तयार गर्ने कार्यादेश हुनेछ । आयोजना अघि बढ्ने वा के गर्ने भन्ने टुंगो पनि प्रतिवेदनमै भर पर्ने निगमले जनाएको छ ।
ग्यास भण्डारणका लागि निगमसँग कुनै पूर्वाधार नभएपछि ०७२ सालमा निगमको बोर्ड बैठकले झापा र जनकपुरमा ३/३ हजार टन क्षमताका प्लान्ट बनाउने योजना अघि बढेको थियो । निगमको योजना सफल भए ग्यासमा निजी क्षेत्रको एकाधिकार तोडिने निगमको विश्वस छ ।