बैठकमा दक्षिण पूर्वी एसियाका क्षेत्रका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुनेछन् । बैठकले मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने जनाइएको छ ।
बैठकमा विज्ञहरुहरुले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहँुच सबै जनता समक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गर्नेछ । यस्तै डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्ने र राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुगों लगाउने तालिका पनि बैठकले निर्णय गर्ने छ ।