आयोगले निर्वाचन प्रक्रियाको जानकारी राजनीतिक दल र सरकारलाई पठाउँदैछ। राष्ट्रियसभाका पदावधि सकिने स्थानमा अर्को निर्वाचनका लागि आयोगले यसअघि राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ।
निर्वाचन आयोगले पठाएको प्रस्तावमा छलफल गरेर उपयुक्त ठहर गरेपछि निर्वाचनको मिति घोषणा भने सरकारले गर्नेछ।
राष्ट्रियसभामा रहेका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका १ जना र निर्वाचनबाट आएका १८ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। जसमध्ये राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिने छ।
त्यस्तै सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।