उक्त हमलामा ज्यान गुमाउने नौसैनिकहरू २३, १९ र २१ वर्ष उमेरका छन् । अमेरिकी जलसेनाले ‘ज्यान गुमाउने सैनिकहरूले दुर्लभ साहस’ देखाएको जनाएको छ ।
आइतवारको पत्रकार सम्मेलनमा विशेष अनुसन्धानदाता रोजासले भने अहिलेसम्मको जाँचबारे केही खुलाइनन् । यद्यपि उनले ती २१ वर्षे बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्याएरै बन्दुक किनेको बताएकी थिइन् । त्यो एउटा नौ मिलिमिटरको हाते बन्दुक थियो ।
एउटा अनलाइन निरीक्षणकर्ता समूहका भनाइमा अल्सामरानीजस्ता देखिने एकजना ट्विटर प्रयोगकर्ताले बन्दुक हमला हुनुअघि शृङ्खलावद्ध रूपमा अमेरिकाविरोधी पोष्टहरू लेखेका थिए ।
अमेरिकी सञ्चारमाध्यममा जनाइएअनुसार साताको सुरुमा साँझको खाना खाने बेला गोलीकाण्डका भिडिओहरू अरूलाई देखाएका थिए । पेन्सकोलाको उक्त सैन्य अड्डाले लामो समयदेखि विदेशी सेनाहरूलाई उड्डयन तालिम दिनेगर्छ ।