मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गरेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए । यसबीचमा पोखरेलसहित केही मन्त्रीसँग प्रधानमन्त्रीले परामर्श गरेका छन् ।
प्रधानमन्त्री अस्पतालमै भएका बेला अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक राखेका थिए ।