images
images

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गृहकार्य सुरु, ११ बजेपछि आयोगकै कार्यकक्षमा छलफल गर्ने

काठमाडौं – संघीय संसद अन्तर्गतको राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि निर्वाचन गर्न निर्वाचन आयोगले गृहकार्य सुरु गरेको छ । प्रारम्भीक गृहकार्य अन्तर्गत आयोगले आज आयोगमा दर्ता भएका दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको छ ।

विहान ११ बजेपछि आयोगकै कार्यकक्षमा छलफल गर्ने गरी बैठक बोलाइएको राष्ट्रिय सभामा काँग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले  जानकारी दिनुभयो । आजको छलफलका आधारमा आयोगले निर्वाचनको मिति तय गर्ने जनाइएको छ । राष्ट्रिय सभाका कुल ५९ सांसद मध्ये १९ जनाको म्याद सकिन लागेको छ ।