दाङ मंसिर २३,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.लाई सेवाग्राहीसँग सात हजार घुस लिईसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय दाङ अगाडी रहेको वली होटलबाट घुस रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जानकारी प्रवक्ता प्रदीपकुमार कोइराला दिए ।