images
images

वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई नेकपा द्वारा कार्वाहीको माग

चितवन – चितवनको इच्छाकामना गाँउपालिका-२ का वडा अध्यक्ष पञ्चबहादुर चेमाङमाथि आक्रमण गर्नेलाई कडा कार्वाही गर्न नेपाल कम्युनिष्ट पार्टि (नेकपा) चितवनले माग गरेको छ। आइतबार नेकपा चितवनले विज्ञप्ति जारी गरी आक्रमणमा संलग्नलाई पक्राउ गरी कार्वाही गर्न माग गरेको हो।

वडा अध्यक्ष चेपाङसहित सोही वडाका पार्टी अध्यक्ष प्रकाश बुढाथोकिमाथि २१ गते नेपाली कांग्रेसका कार्यकर्ताले कालोमोसो दल्नुका साथै कुटपिट गरेको भन्दै कार्वाही गर्न माग गरेको छ। नेकपा चितवन अध्यक्ष यमबहादुर परियार (इन्द्रजीत) र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कांग्रेसका सक्रिय कार्यकर्ता उत्तर गुरुङ, विर्ख बहादुर गुरुङ, विजय गुरुङ, गीता बहादुर गुरुङ र जोखालाल चेपाङले वडा अध्यक्ष चेपाङ र बुढाथोकीलाई कालोमासो दल्नुका साथै जुत्ताको माला लगाउने र मलमुत्र खुवाउने प्रयास गरेको भन्दै भर्त्सना गरेको छ। गाउँपालिका-२ स्थित प्राथमिक विद्यालय नजिक जोखालाल चेपाङको घरमा कांग्रेसले तालाबन्दी गरेको अवस्थामा रहेको वडा कार्यालय सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आदेशबमोजिम सामुदायिक भवनमा सार्न खोज्ने क्रममा वडा अध्यक्ष चेपाङ र बुढाथोकीमाथि दुर्व्यवहार भएको थियो।