images
images

देविका खड्काले जुडोबाट स्वर्ण पदक जितिन्

काठमाडौं –  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले आइतवार पनि स्वर्ण पदक जितेको छ। पौडीबाट गौरिका सिंहले आइतवार तेस्रो स्वर्ण पदक जितेलगत्तै जुडोबाट नेपालका लागि देविका खड्काले स्वर्ण पदक जित्न सफल भएकी छन्।

सातदोबाटोस्थित नेपाली सेनाको कबर्डहलमा देविकाले ५२ केजी तौल समूहबाट नेपाललाई स्वर्ण पदक जिताएकी हुन्। स्वर्ण जित्ने क्रममा उनले भारत र श्रीलंकाका खेलाडीलाई हराएकी हुन्। गौरिका र देविकाले स्वर्ण जितेसँगै नेपालले यो सागमा स्वर्णको संख्या ४५ पुर्‍याइसकेको छ।