सचिवालय बैठक अघि प्रचण्डले बैठकका एजेण्डाबारे प्रधानमन्त्री ओलीसँग आइतबार दिउँसो नै छलफल गर्ने तयारी गरेका छन् ।
अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण विषयमा छलफल गर्न लागेको बताएका थिए ।
पार्टी सचिवालय बैठकको निर्णयानुसार ‘कार्यकारी’ अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले यसअघि बुधबार पनि सचिवालय बैठक बोलाएका थिए । बुधबारको वैठकमा हालै सम्पन्न उपनिर्वाचनको परिणाम, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लगायत विषयमा छलफल भएको थियो ।
बुधबार बसेको सचिवालय बैठक पछि उपनिर्वाचनको पूर्ण समीक्षा गरेर प्रतिवेदन पठाउन भन्दै उपनिर्वाचन सम्पन्न भएका जिल्ला, प्रदेश र स्थानीय तहका कमिटीलाई निर्देशन दिइएको थियो ।