विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा सहभागी हुन मकवानपुरका दुई विद्यालयका विद्यार्थी बसमा राखेर लगिँदै थियो ।
प्रहरीका अनुसार मनहरीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी र नेवारपानीले नियन्त्रणमा लिएको बसमा शिक्षकसहितको टोली रहेको प्रहरीको भनाइ छ ।
नेवारपानी चौकीमा सगरमाथा डिलक्सको ना ७ ख ८१६२ नम्बरको बसमा नेपाली सेनाको जस्तो पोशाक लगाएका युवा दस्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।