२२ मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक घरमा रहेको गाेदाममा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको घरमा आइतबार बिहान आगलागी भएको हो ।
भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्सिएर भएको उल्लेख गरेका छन् ।
दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।
Related