images
images

पौने १३ लाखको सुनचाँदीसहित भारतीय नागरिक पक्राउ

जकपुरधाम – सशस्त्र प्रहरीले धनुषाको धनौजीबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सुनचाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनौजी गाउँपालिका ४ भडरीयाबाट भारत विहार राज्यको मधुवनी जिल्ला गोवराही गाउँका ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।

उनको साथबाट ६ किलो ८ सय ५० ग्राम चाँदी (बुनिया) र १ सय ग्रामको सुनको बलिया र २६ ग्राम सुनकै मालवाडी बरामद भएको सशस्त्रका एसपी राजेश उप्रेतीले जानकारी दिए। उनका अनुसार बरामद भएको सुनचाँदीको मूल्य करिब १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको छ।

साइकल चढेर भारततर्फ जाँदै गरेका यादबलाई चेकचाँज गर्दा चाँदी र सुन बरामद भएको एसपी उप्रेतीले बताए। शनिबार दिउँसो पक्राउ परेका यादबमाथि अनुसन्धान सुरु गरिएको पनि उनले बताए।