बुटवल । रुपन्देहीबाट तीनपटक प्रतिनिधिसभामा निर्वाचित नेकपाका महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सम्पूर्ण बजेट शिक्षा क्षेत्रलाई छुट्याएका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको छ ।
पौडेलले यो वर्ष उक्त कार्यक्रम अन्र्तगत १२ वटा विद्यालयहरुलाई राहत मिलेको छ । रूपन्देहीको तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक केदारबहादुर रिता मावि, तिलोत्तमा–६ पश्चिम पाहुनी मावि तिलोत्तमा–६ को गिर्वाण संस्कृति मावि, तिलोत्तमा–२ को जनजागृति मावि, सिद्धेश्वर लालकुमारी माविलाई ५०–५० लाख रूपैयाँ रकम विनियोजन भएको हो ।
सैनामैना–१ को पर्रोहा परमेश्वर आधारभूत विद्यालयको पूर्वाधार विकास गर्न ३५ लाख, सैनामैना–२ को कालिका तथा जनज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माण गर्न ५० लाख, पर्रोहा माविको ४ कोठे भवन निर्माण गर्न ६५ लाख, बुटवल–११ को नहरपुर माविलाई ५० लाख, सरस्वति मावि बुटवल–१२ लाख ५० लाख र जनता मावि बुटवल–८ लाख ५० लाख गरी विनियोजित ६ करोड रूपैयाँ विद्यालयलाई रकम र कार्यविधि बनाइँदै गरेको छ । बजेट छुट्टयाएका विद्यायलहरु कुनै नमुना विद्यालयको रुपमा समेत चिनिएका छन् ।