images
images

‘प्रेमगीत ३’को पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’को फेरि २ वटा पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्री रहेका छन् ।

‘प्रेमगीत–३’ (अ फर्विडन लभस्टोरी) पिरियड ड्रामा फिल्म हो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बन्दै गरेको फिल्ममा अभिनेता प्रदीप खड्काले ‘प्रेम’को भूमिकामा छन । ‘गीत’को भूमिकामा नव अभिनेत्री क्रिस्टिना गुरुङले निभाउदै छिन ।

निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो सामाजिक संजालमार्फत उक्त पोस्टहरु सार्वजानिक गरेका हुन् । उनले मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गरिरहेका अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भूमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टरको पोस्टर सार्वजनिक भनेका छन्।

फिल्म ‘प्रेमगीत–३’ चैत २८ मा प्रदर्शन मिति तोकिएको छ । फिल्मको  छायांकन यतिबेला मनाङमा भैरहेको छ।

‘प्रेमगीत–३’ मा प्रदीप र क्रिस्टिनाकासंगै योगिशा खत्री, शिब श्रेष्ठ, सन्तोष सेन, प्रेम पुरी, माओत्से गुरुङ, मनिष राउत, सुनिल थापा, पुष्कर कार्की, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहेको छ ।

फिल्मको टिजर पनि आइसकेको छ। उक्त टिजरमा अभिनेता खड्काको योद्धा अवतारमा प्रस्तुत भएका छन्। केही समय अगाडि अभिनेता प्रदीप खड्का (प्रेम) र मनिष राउतको बुबाको भूमिका निभाइरहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको थियो ।