विहीबारदेखि कपिलवस्तुको वाणगंगा बुद्ध रंगशाला चारनम्बर जितपुरमा सुरु भएको ११ औँ कपिलवस्तु महोत्सवको आज दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती दिदैछन । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विहीबार उद्घाटन गरेको महोत्सवमा शुक्रबार दोस्रो दिनदेखि मनोरंजनका कार्यक्रम सुरु हुने भएका छन् ।
आयोजकका अनुसार शुक्रबार चर्चित आधुनिक गायक रमेशराज भट्टराई लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिनेछन ।
यस्तै आजदेखि नै कपिलवस्तु डान्स आइडल सुरु हुनेभएको छ । आइडलका लागि आज १५ जनाले आफ्नो प्रस्तुति देखाउने छन् ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो ।
पौष १ गतेसम्म हुने महोत्सवबाट ३ लाख दर्शकले अवलोकन गरी ५ करोड बराबरको आर्थिक कारोबार हुने मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो ।