images
images

सर्वोच्च न्यायाधीश बन्न न्यायपरिषदका सदस्य वैदिकद्धारा राजीनामा

काठमाडौं – सर्वोच्च अदालतमा रिक्त एक न्यायाधीश पदका लागि चारजना प्रतिस्पर्धामा देखिएका छन । अहिले सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद रिक्त छ ।

६ महिना पछि दुई न्यायाधीशले अवकास लिँदैछन् । न्यायाधीश केदार चालिसेले यही मंसिर ४ गते अवकाश पाएपछि रिक्त ठाउँमा चार जनाको प्रतिस्पर्धा देखिएको हो ।  यसै पदमा जानका लागि न्यायपरिषदका सदस्य पदम वैदिकले राष्ट्रपति समक्ष राजीनामा दिनुभएको छ ।

सत्तारुढ नेकपाले वैदिकलाई नै सर्वोच्चको न्यायाधीश बनाउनुपर्ने दवाव प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई दिएको बताइएको छ । यता, न्यायपरिषदमा सदस्य भइसकेको व्यक्तिलाई सर्वोच्चको न्यायाधीश बनाउन नहुने पक्षमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव रहेको बताइएको छ ।

यसैबीच, न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।

अनौपचारिक बैठकपछि आज बारले विज्ञप्ति निकाल्दै तत्काल न्यायाधीश सिफारिस रोक्न मागसमेत गरेको छ । न्यायपरिषद्ले न्यायपालिकाको गरिमा घटाउने गरी न्यायपरिषद्का सदस्यलाई न्यायाधीश नियुक्ति गर्ने पद्धत्ति गलत भएको उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

न्यायपरिषद्ले आफूले आफैलाई न्यायाधीश छान्न लागेको भन्दै बारले आपत्ति जनाएको छ । संविधानको धारा १५३ बोमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बोमोसिजम हुनुपर्ने बारको माग छ ।