images
images

भारतमा ट्रकले बसलाई ठक्कर दिँदा ९ जनाको मृत्यु, २० घाईते

एजेन्सी – भारतको मध्य प्रदेश राज्यमा आज एक यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी मा नौ जनाको मृत्यु हुनुका साथै २० घाइते भएका छन् ।

आज बिहान साँढे ६ बजे मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा सो दुर्घटना भएको थियो । बाइपासमा सडकमा भएको दुर्घटनामा नौ जना यात्रुको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको जनाइएको छ ।

यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले दुर्घटनामा मृत्युमा भएकाहरूप्रति शोक व्यक्त गरेका छन् । उनले घाइतेहरुलाई सहयोगका लागि अधिकारीहरूलाई निर्देशन दिएका छन् ।