images
images

प्रधानसेनापतिलाई भेट्न अमेरिकी सहायक रक्षामन्त्री सैनिक मुख्यालय पुगे

काठमाडौं –प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाका सहायक रक्षामन्त्री रन्डलजी सीचरिभरबीच भेट वार्ता भएको छ ।

बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री रन्डलजी सीचरिभरबीच जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा उनीहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाट कार्यक्रमले नेपाली सेनाको विश्‍व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।