विपद्लाई रोक्न/न्यूनीकरण गर्न कसरी काम गर्ने, स्थानीय सरकारको अधिकार के छ ?, विपदका सामग्री कति र कस्ता चाहिन्छन भन्ने विषयमा छलफल गरिएको हो ।
कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले विपद्को सहजै रूपमा व्यवस्थापन गर्ने गरी आफूहरू अगाडि बढेको बताइन् । बुटवल तथा यस आसपासको क्षेत्रमा प्राकृतिक विपद्को ठूलो जखिम छ । बुटवल भएर बग्ने तिनाउ नदीले आसपासका बस्तीहरू वर्षातमा जोखिममा पर्छन । उनले बुटवलका सबै (१९ वटै) वडाहरूमा विपद्कालिन उद्दारका सामग्रीहरू भण्डार गरिएको जानकारी दिइन ।
कार्यक्रममा युएनएफपिए प्रदेश नम्बर पाँचका संयोजक रामबहादुर थापाले विपद् न्यूनीकरण गर्न सूचना र पूर्वतयारी महत्वपूर्ण रहेको बताए । उनले भने, ‘विपद्बाट क्षति कम गर्न पूर्वतयारी र सूचना प्रणाली महत्वपूर्ण पक्ष हुन् । त्यसको साथै स्थानीय तहले मात्र तयारी गरेर पुग्दैन ।’
प्रत्येक घर÷समाज पनि यसप्रति चनाखो र सचेत हुन आवश्यक छ ।’ संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यले विपद् क्षेत्रमा रणनीतिगत रुपमा काम गर्नुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक नगेन्द्र अर्याल, विपद व्यवस्थापक केन्द्रका कार्यक्रम संयोजक सविन अधिकारी, बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन केन्द्रका फोकल पर्सन विजयदेव भूर्तेल लगायतले बोल्दै विपद्बाट जोगिनु सबैको कर्तव्य रहेको बताए ।
साथै सो अवसरमा विपद् व्यवस्थापका लागि आवश्यक टिभी, प्रिन्टिर लगायत सामग्री पनि हस्तान्तरण गरिएको थियो ।


जनता भ्वाइस 







