काठमाडौं – दाङ ३ ख) बाट नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले सपथ लिनुभएको छ । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित प्रदेशसभा सदस्य वलीलाई सपथ ग्रहण गराउन भएको हो । नेकपाबाट वली गत मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वा्चित भएकी थिइन् ।
उहाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई पराजित गर्नभएको थियो । यस्तै धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले पदभार ग्रहण गर्नभएको छ । पदभार ग्रहणअघि उहाले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।
त्यसैगरी धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गर्नु भएको थियो । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी हुनु भएको थियो । उहाले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै कम्युनिष्टको विरासत तोड्नु भएको थियो ।