images
images

भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न मन्त्री योगेश भट्टराईको अग्रह

काठमाडौं – पर्यटन वर्ष २०२० लाई सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गर्नुभएको छ ।

सबै देशका राजदुतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गर्नुभएको छ । त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै उहाँले ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिनुभयो ।

सरकारले आगामी जनवरी १ मा राजधानीसहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।