images
images

काठमाडौं उपत्यकाको धुलो पूर्ण निर्मूल पार्ने

काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौंको धुलो निर्मूल पार्ने दावी गर्नुभएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा उहाले एक महिनाभित्रै सबै निकायसँग समन्वय गरेर काठमाडौंका सडकको अवस्था सुधार गर्ने बताउनुभएको हो ।

उहाँले खानेपानी, सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत विभिन्न आठवटा सरकारी निकायबीच समन्वय गराएर उपत्यकाको सडकको अवस्थामा एक महिनाभित्रै सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मानन्धरले सरकारले निर्माणाधीन विभिन्न आयोजनालाई तोकिएको समयमै पूरा गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको बताउनुभयो

यता चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीको काम शुरु गरिएको छ । रुख काट्ने, विद्य‌ुतीय पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन ।

चीनको सहयोगमा सो सडक विस्तार हुदैछ । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर काम शुरु हुने सडक विभाग, विकास सहयता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन लागिएको हो ।