images
images

उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण सार्वजनिक, आचारसंहिता पालना नभएको खुलासा

काठमाडौं – राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको बताएको छ । उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो बताएको हो ।

आचारसंहिता उलंघन गर्ने दलहरुलाई कारवाही गर्नुको सट्टा निर्वाचन आयोग राजनीतिक दलहरुलाई सचेत गराउनमा मात्रै सिमिति रहेको समितिले बताएको छ । समितिका सदस्य कपिल शर्माले विगतको तुलनामा आचारसंहिता पालनामा केही राम्रो हुँदै गएको बताउदै निर्वाचनका समयमा आवश्यकता भन्दा बढी खर्च गर्ने प्रवृति देखिएको भन्दै यसको रोकथामका लागि राजनीतिक शक्ति सचेत हुनुपर्ने धारणा राख्नु भयो ।

निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान अधिकृतहरुमा केही कमि कमजोरी देखिएको बताउनु भएको थियो । समितिका महासचिव डा.गोपालकृष्ण सिवाकोटीले आचारसंहिता पालनाका सन्दर्भमा राजनीतिक दलहरु निगरानीमा हुँदा मात्रै अनुशासित हुने गरेको बताउनु भयो ।