images
images

थकान मार्दै गरेको गुठीसम्बन्धी विधेयक सरकारले फेरि संस‌द्‌मा लैजाने

काठमाडौं – चर्को विरोध पछि फिर्ता गरिएको गुठीसम्बन्धी विधेयक सरकारले फेरि संस‌द्‌मा लैजाने तयारी गरेको छ । मन्त्रिपरिषद्ले गुठी सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएसँगै सो विधेयक पुनः संसद् लैजाने बाटो खुलेको हो ।

पुरानै विधेयकको मस्यौदामा सरोकारवालासँग छलफल गरि त्यसका आधारमा परिमार्जन गरेर संसद्‌मा दर्ता गराइने भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गुठीहरूलाई व्यवस्थित गर्ने र लामो समयदेखि गुठी जग्गाको भोगाधिकार रहेका किसानहरूलाई व्यवस्थापन गर्ने भन्दै सरकारले गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता गराएको थियो ।

विधेयकको पक्षमा सरकार अडिग देखिए पनि संसद् र सडकमा दैनिकजसो भएका विरोध पछि पाँच महिना अघि उक्त विधेयक फिर्ता लिइएको थियो ।