images
images

काँग्रेसको केन्द्रीय कार्यसमिती बैठक आगामी मंसिर २६ गते हुने

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक आगामी मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने बैठकमा चुनावी समीक्षा, पार्टीको आगामी रणनीतिलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

उपनिर्वाचनपछि काँग्रेस बैठक पहिलो पटक बस्न लागेको हो । उपनिर्वाचनमा काँग्रेसले एक प्रदेशसभा र एक उपमहानगरपालिकासहित १३ स्थानमा विजय हासिल गरेको थियो ।