काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एक/एकओटा स्वर्णपदक जितेको छ ।
योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले अहिलेसम्म २९ ओटा स्वर्णपदक जितेको छ । २५ स्वर्णपदकसहित भारत दोस्रो स्थानमा रहँदा ७/७ ओटा स्वर्णपदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।
पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्णपदक छ । पुछारको भुटानको तीन कास्यपदकमात्र छ ।