धनगढी– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।
बुधबार सुदूरपश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्छ, कूटनीतिक पहलबाट फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।’