विराटनगरमा आज आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानून सम्बन्धी प्रदेशस्तरिय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री कार्कीले नेपालमा बसेर विदेशीको पैसा खाएर यस्तो कार्यमा उनीहरु लागेको भनाइ थियो । तर उनले कस्ता मानिस हुन उनीहरु भनेर किटान भने गरेनन् ।
मुलुकमा संघीयता स्थापित भएपछि फेरि संघीयता भएन अब अर्को व्यवस्था चाहिन्छ भन्नेहरुले मुलुका राजनीतिक अस्थिरता ल्याउन खोजिरहेको भएता पनि उनीहरुको त्यो सपना पूरा नहुने मन्त्री कार्कीको दावी थियो ।
नेपालमा संविधान कार्यान्वयभई संघीय गणतन्त्र स्थापित भइसकेको उनको भनाइ थियो ।
मन्त्री कार्कीले न्याय प्रदान गरेर मात्र हुँदैन न्यायको अनुभुति जनताले पाउने गरी न्याय प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै स्थानीय तहमा रहेको न्यायिक समितिलाई थप प्रभावकारी बनाउने प्रदेश सरकारले नया कार्ययोजना ल्याउन लागेको बताए ।


जनता भ्वाइस 







