images
images

एक महिनाभित्र काठमाडौंको धुलो निर्मूल पार्ने राज्यमन्त्री मानन्धरको दाबी

उनले खानेपानी, सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत विभिन्न आठवटा सरकारी निकायबीच समन्वय गराएर उपत्यकाको सककको अवस्थामा एक महिनाभित्रै सुधार गर्ने प्रतिवद्धता जनाए ।

राज्यमन्त्री मानन्धरले सरकारले निर्माणाधीन विभिन्न आयोजनालाई तोकिएको समयमै पूरा गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको बताए ।

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकामा धुलो नियन्त्रण पार्ने दावी गरेका छन् ।

आज(बुधबार) काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रहण गर्दै राज्यमन्धी मानन्धरले एक महिनाभित्रै धुलो नियन्त्रण गर्ने र सबै निकायसँग समन्वय गरेर काठमाडौंका सडकको अवस्था सुधार गर्ने बताएका हुन् ।