‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ सान फ्रन्सिस्को बे एरियामा सम्पन्न भएको छ। नोभेम्बर ३० तारिखका दिन नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूको उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा ‘चलचित्र शिरोमनी लाइफटाइम अवार्ड’बाट बरिष्ठ फिल्मकर्मी नीर शाहलाई सम्मानित गरिएको थिय
‘ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा शिव श्रेष्ठलाई ‘लोकनायक’, भुवन केसीलाई ‘युगनायक’ र राजेश हमाललाई ‘महानायक’को उपाधीले सम्मान गरिएको थियो। यसैगरी बरिष्ठ संगीतकार तथा गायक शम्भुजित बाँस्कोटालाई ‘संगीत महरथी’को उपाधीले सम्मान गरिएको थियो।


अञ्जु पन्त, श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं, सुशिल क्षेत्री र स्थानिय कलाकारहरुको नृत्य तथा ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतीले रोमाञ्चक बनेको अवार्ड कार्यक्रममा ‘श्री गेहेन्द्र धिमाल स्मृति सम्मान’बाट निर्देशक उज्वल घिमिरे, ‘श्री रामकेशर बोगटी स्मृति सम्मान’बाट अभिनेता रबिन्द्र खड्का, ‘डिरेक्टर अफ दि इअर’बाट निर्देशक दीपाश्री निरौलालाई सम्मान गरिएको थियो।
.jpg)
.jpg)
अवार्ड समारोहमा ‘छक्का पन्जा ३’लाई बर्षको उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरियो भने ‘स्टार अफ दि इएर’बाट पुरुष तर्फ अनमोल केसी र महिला तर्फ नम्रता श्रेष्ठ सम्मानित भए। ‘सपोर्टिङ एक्टर अफ दि इएर’को अवार्ड बिक्रान्त बस्नेतले पाए भने गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरियो। ‘ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड’ निर्देशक सुरज सुब्बा नाल्बो, अभिनेत्री पूजा चन्द र नेपाली फिल्म ‘भैरे’लाई प्रदान गरियो। यसैगरी जुरी अवार्डबाट अभिनेत्रीद्धय बर्षा राउत र दिपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराईलाई सम्मान गरियो।
कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामेलाई ‘अभियानश्री अवार्ड’ प्रदान गरिएको थियो। अवार्ड समारोहको सञ्चालन सन्दीप क्षेत्रीले गरेका थिए। अवार्ड आयोजकले पर्यटन बर्ष २०२०लाई लक्षित गरेर ‘नेपाल डे परेड’को पनि आयोजना गरेको थियो जहाँ नेपाली फिल्म क्षेत्रका हस्तीहरूको उपस्थिती रहेको थियो। यसैगरी अवार्डकै भोलीपल्ट डिसेम्बर १ तारिखका दिन फिल्मकर्मीहरूको उपस्थितीमा क्रुज पार्टीको समेत आयोजना गरिएको थियो।


जनता भ्वाइस 








